परिचय

स्थापना:

प्राचीन स्मारकहरूको संरक्षण, पुरातात्त्विक वस्तुहरूको व्यापार र प्राचीन स्मारकहरू भएका ठाउँको खनाई समेतमा नियन्त्रण राखी प्राचीन स्मारकहरू र पुरातत्त्व सम्बन्धी, ऐतिहासिक वा कलात्मक वस्तुहरूको उपलब्धि र संरक्षण समेत गर्ने मूल उदेश्य लिई पुरातत्त्व विभागको स्थापना वि.सं. २००९ सालमा भएको हो।

विभागका मुख्य मुख्य कामहरुः

  • संम्पदा संरक्षण सम्बन्धी नीति, ऐन, नियम अनुसार पुरातात्त्विक स्थलहरुको सर्वेक्षण, अन्वेषण, उत्खनन्, अनुसन्धान तथा संरक्षण गर्न, वार्षिक, अर्ध-वार्षिक, अल्पकालिन तथा दीर्घकालिन योजना तथा कार्यक्रम तर्जुमा गरी नेपाल सरकारबाट स्वीकृत गराई कार्यान्वयन गर्ने, गराउने।
  • सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा जीर्णोद्धार गर्ने गराउने।
  • महत्त्वपूर्ण पुरातात्त्विक वस्तुहरुको संकलन, संरक्षण तथा प्रदर्शनीको व्यवस्था मिलाउने ।
  • पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाहरुको अन्वेषण र संरक्षण सम्बन्धी गतिविधि प्रकाशन गर्ने।
  • सांस्कृतिक सम्पदा संरक्षणमा विभिन्न निकायलाई प्राविधिक सहयोग एवं सल्लाह उपलब्ध गराउने।
  • अन्तर्गत कार्यालय तथा विभिन्न निकायहरु बीच समन्वय कायम गर्ने ।
  • संग्रहालयहरुको व्यवस्थापन गर्ने ।
  • सम्पदा संरक्षण सम्बन्धी कार्यमा स्थानीय र प्रदेश सरकार सँग समन्वय गर्ने।
  • विश्व सम्पदा संरक्षण सम्बन्धी कार्य।
  • उत्खनन् सम्बन्धी कार्य।
  • क्यूरियो जाँचपास सम्बन्धी कार्य।
  • फोटोग्राफि सम्बन्धी कार्य।
  • पुरातत्त्व सम्बन्धी अभिमूखिकरण कार्य।